मंसिर ०७, २०८१, शुक्रबार
               

युक्रेनविरुद्ध स्पेनको शानदार जीत

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

एजेन्सी । युईएफए नेसन्स लीग फूटबलमा युक्रेनविरुद्ध स्पेनले शानदार जीत हात पारेको छ । स्पेनले युक्रेनलाई हराउँदै उक्त जित हात पारेको हो । समूह ए फोरअन्तर्गत अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले नेसन्स लीग युक्रेनलाई ४–० ले हराएको छ । स्पेनले तेस्रो मिनेटमै सर्जियो रामोसको गोलसँगै अग्रता बनायो ।

त्यस लगत्तै रामोसले २९ औँ मिनेटमा दोस्रो गोल थपेका थिए । उनले पछिल्ला १५ खेलमा स्पेनको लागि १० गोल गरिसकेका छन् । त्यसपछि ३२ औँ मिनेटमा स्पेनको लागि अंशु फातीले गोल गरेका थिए ।  उनि ९५ वर्ष अघिको कीर्तिमान तोड्दै स्पेनको लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी बनेका छन् ।

फाती १७ वर्ष ३ सय ११ दिनको उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गर्न सफल भएका छन् । ​यस्तै यस समूहकै अर्को खेलमा जर्मनी र स्विट्जरल्याण्डले एक–एक गोल बराबरी खेल्दै अंक बाँडेका छन् । यसअघि जर्मनी पहिलो खेलमा स्पेनसँग १–१ को बराबरीमा रोकिएको थियो ।

उता गएराति नै भएका अन्य खेलमा वेल्सले बुल्गेरियालाई १–० ले हराउँदा, रुसले हंगेरीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । साथै, फारोस आइल्याण्डले एण्डोरालाई १–० ले हराएको छ भने फिन्डल्याण्डले आयरल्याण्लाई १–० ले हराउँदा ग्रिसले कोसोभोलाई २–१ ले पारजित गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि