मंसिर ०७, २०८१, शुक्रबार
               

टी–ट्वान्टी क्रिकेटः अष्ट्रेलियाविरुद्धको सिरिज इंग्ल्याण्डलाई

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

एजेन्सी । टी–ट्वान्टी क्रिकेटको अष्ट्रेलियाविरुद्ध तीन खेलको सिरिज इंग्ल्यान्डले हात पारेको छ । गएराति भएको उक्त दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २–० ले हात पारेको हो । 

साउथ ह्याम्पटनमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्याण्डले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको थियो । इंग्ल्याण्डलाई सििरज जिताउन जोस बट्लरले अविजित रहँदै ७७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

साथै डाविड मालनले ४२ रन बनाउँदा मोइन अली १३ रनमा अविजित रहेका थिए । अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १–१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । अष्ट्रेलियाको लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए । इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट लिएका थिए ।

जोफ्रा आर्चर, मार्क उड र आदिल राशिदको नाममा एक–एक विकेट रह्यो ।  यो जितसँगै तीन खेलको सिरिजमा इंग्ल्याण्डले २–० को अग्रता बनाएको छ । पहिलो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको जित निकालेको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि