जेठ ०७, २०८१, सोमबार
               

सन्दीपको टोली दुई खेलअघि नै सेमिफाइनल प्रवेश

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सिपिएल टि-२०) को सेमिफाइनलमा प्रवेश गरेको छ।

आज (शुक्रबार) बिहान भएको खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित गरेसँगै जमैकाले दुई खेलअगावै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

आठ खेलमा चारमा हार र तीन खेलमा जित तथा एक खेलमा अंक बाँडेको जमैका अंक तालिकाको चौथो स्थानमा छ ।

यसअघि गएराति हुने तय भएको खेलमा वर्षात् बाधक बनेपछि जमैका र सेन्ट किट्स एण्ड नेभियस प्याटियटसले अंक बाँडेका थिए । लगातार पानी परेपछि सो खेल हुन सकेकाृ थिएन ।

अपराजित ट्रिनबेगो नाइट राइडर्स आठ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ। १० खेलमा ६ खेलमा जित र ४ खेलमा हारसहित १२ अंक जोड्दै गुयाना दोस्रो स्थानमा छ । सेन्ट लुसिया जुक्स आठ खेलमा पाँच जित र तीन हारसहित तेस्रो स्थानमा छ ।

ट्रिनबेगो नाइट राइडर्स, गुयाना, सेन्ट लुसिया जुक्स र जमैकाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

लिगमा बार्बाडोस र सेन्ट किट्स एण्ड नेभियस प्याटियटस सिपिएलको लिग चरणबाटै बाहिरिने टोली बनेका छन् । बार्बाडोस नौ खेलमा दुईमा जित र सातमा हारसहित चार अंकका साथ पाँचौँ स्थानमा छ ।

नौ खेलमा सातमा हार र एक खेलमा जितसहित तीन अंक जोड्दै सेन्ट किट्स अंकतालिकाको पुछारमा छ ।

अंक तालिका शीर्ष स्थान र चौथो स्थानमा रहेको टोलीबीच पहिलो सेमिफाइनल हुनेछ। दोस्रो सेमिफाइनलमा अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । 

सेप्टेम्बर ८ मा सेमिफाइनल खेल हुनेछ भने लिगको फाइनल खेल सेप्टेम्बर १० मा हुनेछ ।

यो पनि