जेठ ०७, २०८१, सोमबार
               

सन्दीप आबद्द जमैका चौथौ हार

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम जमैका तलाबाजले चौथो हार व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो ।

ब्रायन लारा स्टेडियममा नाइट राइडर्सले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

जमैकाका आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै ग्लेन फिलिप्सले ४१ रन जोड्दा कार्लोस ब्रेथवेटले अविजित २१ रन जोडे ।

त्यस्तै एनक्रुमा बोनेरले २६ रन बनाए । नाइट राइडर्सका फावद अमहेदले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नाइट राइडर्सका लागि कोलिन मुन्रोले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुनिल नारिनले २९ तथा लेन्डेल सिमोन्सले २५ रन बनाए ।

टिम सेइफर्टले १८ रन जोड्दा कप्तान केइरन पोलार्डले अविजित ३३ रन बनाए ।

जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र फिडेल एडवार्डले एक एक विकेट लिए ।

सन्दीपले चार ओभर बलिङ गर्दै २० रन खर्चिएर एक विकेट लिएका हुन् । यससँगै सन्दीपले सात खेलमा १० विकेट लिन सफल भएका छन् ।

जमैकालाई हराएसँगै नाइट राइडर्सले लगातार सातौं खेलमा जित निकालेको छ ।

शीर्ष स्थानमा रहेको नाइट राइडर्सले सात खेलमा १४ अंक जोडेको छ ।

जमैका सात खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि