जेठ ०७, २०८१, सोमबार
               

सन्दीपले फेरि लिए विकेट, जमैकालाई १८५ रनको लक्ष्य (लाइभ)

एजेन्सी
भदौ १६, २०७७

ADVERTISEMENT

क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम जमैका तलाबाजलाई ट्रिनबागो नाइट राइडर्सले जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

ब्रायन लारा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

नाइट राइडर्सका लागि कोलिन मुन्रोले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुनिल नारिनले २९ तथा लेन्डेल सिमोन्सले २५ रन बनाए ।

टिम सेइफर्टले १८ रन जोड्दा कप्तान केइरन पोलार्डले अविजित ३३ रन बनाए ।

जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र फिडेल एडवार्डले एक एक विकेट लिए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका हुन् । 

योसँगै सन्दीपले सात खेलमा १० विकेट लिन सफल भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि