जेठ ०७, २०८१, सोमबार
               

सीपीएल क्रिकेटमा सन्दीपको टोली जमैका विजयी

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछनेको उत्कृष्ट प्रदर्शन खेलले उनका टोलीले सहजै जित हासील गरेको छ । उक्त क्यारेवियन प्रिमियर लिग सिपीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनिर लामिछाने आवद्ध भएको टोली जमैका तलावासले विजयी हासील गरेको हो । 

ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा तलावासले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसलाई ३७ रनले पराजित गरेको छ । खेलको सुरुमा टस जितेर पहिले ब्याटिङ रोजेको तलावासले पुरै २० ओभरमा ६ वीकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

तर, १४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्याट्रियर्स ११० रनमा समेटिन पुगेको थियो । त्यस खेलमा सन्दिपले २ विकेट लिएका हुन् । आजको खेल जितसँगै जमैका लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 
 

यो पनि