बैशाख २४, २०८१, सोमबार
               

पेनाल्टीमा जित निकाल्दै आर्सनलले उचाल्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी
भदौ १३, २०७७

ADVERTISEMENT

फुटबल क्लब आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । लिभरपुललाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सनलले उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा आर्सनल लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्न सफल भयो ।

खेलको १२ औं मिनेटमा पेरिक एम्रिक आबुमियाङले गोल गर्दै आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।

दोस्रो हाफको ७३ औं मिनेटमा ताकुमी मिनामिनोले लिभरपुलको लागि गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।

लिभरपुल प्रिमियर लिग विजेता हो भने आर्सनल एफए कप विजेता हो ।

लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्न सफल भएको थियो ।

आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि उचालेको थियो ।

यो पनि