जेठ ०७, २०८१, सोमबार
               

सन्दीपको छैटौँ खेल आज राति, पूर्व क्लबविरुद्ध खेल्दै

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) छैटौं खेल खेल्दैछ ।

जमैका तलाबाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सबीचको खेल नेपाली समय अनुसार राति १२ बजे सुरु हुनेछ ।

दुवै टोली अङ्क तालिकाको पुछारमा छन् । जमैका पाँच खेलमा चार अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । सामान खेलमा सामान दुई अंक जोडेको प्याट्रियट्स तालिकाको अन्तिम स्थानमा छ ।

जमैकाको लागि अघिल्लो चरण प्रवेशको लागि जित निकाल्नु आवश्यक छ । 

प्याट्रियट्स सन्दीपको पूर्व क्लब समेत हो । यस सिजन दुई टोली पहिलो पटक आमनेसामने हुन लागेको हुन् । यसअघि यी दुई टोलीबीच भएको चार खेलमा प्याट्रियट्स हावी हुँदै आएको छ ।

सन्दीप प्याट्रियट्सविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना छ । सन्दीपले यस सिजन निकै उत्कृष्ट बलिङ गर्दै आएका छन् ।

यसअघिको दुई संस्करण सिपिएल खेलेका सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (एक करोड आठ लाख नेपाली रुपैयाँ) मा जमैकाले अनुबन्ध गरेको हो ।

यो पनि