बैशाख ३०, २०८१, आइतबार
               

सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सीपीएल क्रिकेट खेलमा नेपाली युवा खेलाडी सन्दीप लामिछानेले  उत्कृष्ट प्रदर्शन गरेका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तराष्ट्रिय खेलमा नेपालमा राष्ट्रिय टोलीका स्पिनर लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका हुन् । ​जमैका तलाबाजबाट खेलेका सन्दीपले चार ओभरमा १६ रन दिएका भने २ विकेट लिए ।

उनी आवद्ध जमैका भने बार्बाडोस ट्राइडेन्ससँग पराजित भएको छ। ट्रीनिडाड एन्ड टोबेगोमा आज विहान भएको खेलमा जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको थियो । तर, उसले १ सय १२ रन मात्रै बनाउन सक्यो । जमैकाका लागि एनई बोर्नरको ३१ तथा जे ब्लाकउडको २८ रननै सर्वाधिक रह्यो ।

​जमैकालाई सस्तैमा समेट्न बार्बाडोसका मिसेल सान्टर, जेशन होल्डर,रेमन रेफर र रासिद खानले समान २–२ विकेट लिए । ​यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । पहिलो खेलमा जित निकालेको जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो। पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो । बार्बाडोसको पनि यो दोस्रो जीत हो । 
 


कस्तो लाग्यो ?

यो पनि