असोज ०६, २०८१, आइतबार
               

रोनाल्डिन्हो जेलमुक्त

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

ब्राजिल तथा बार्सिलोनाका पुर्वस्टार खेलाडी रोनाल्डिन्हो पाराग्वेको जेलबाट मुक्त भएको छन् । पाराग्वेका न्यायधिश गुस्ताभो अमरिल्लाले रोनाल्डिन्होलाई झन्डै पाँच महिनापछि जेलबाट मुक्त गरेका हुन् ।

नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाई रोवर्टाे डि एसिस मोरेइरालाई पाराग्वे प्रहरीले  गत मार्चमा पक्राउ गरेको थियो । यि दाजुभाईलाई पाराग्वे प्रहरीले एक महिनासम्म जेलमा र त्यसपछि चार महिना पाराग्वेको राजधानी असुनियनको एक होटलमा ‘हाउस एरेस्ट’ मा राखेको थियो ।

न्यायाधिश अमरिल्लाले सोमबार मुद्दा चलाउनु अघि उसको कुनै व्यक्तिगत विशेषता वा अपराधिक व्यवहार छ कि भनेर प्रश्न गरेका थिए । समाजलाई जोखिममा पार्छ भन्ने कुनै संकेत नरहेकोले उनीहरूलाई रिहा गरिएको हो ।

ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य रहेका रोनाल्डिन्होलाई सर्वश्रेष्ठ फुटबलरको रुपमा लिइन्छ । उनले १० वर्ष युरोपको बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलिसकेका छन् । उनले बार्सिलोनाबाट च्याम्पियन्स लिग र दुईपटक ला लिगा र मिलानबाट सिरी ‘ए’ जितेका छन् ।


कस्तो लाग्यो ?

यो पनि