बैशाख १६, २०८१, आइतबार
               

गोप्य भेटको जानकारी चुहावट भएपछि  मेस्सी आक्रोशित !

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी थप बेखुशी भएको खबर स्पेनिस सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

नवनियुक्त प्रशिक्षक रोनाल्ड कोएम्यानसँगको गोप्य भेटको जानकारी चुहावट भएपछि मेस्सी थप निराश तथा आक्रोशित भएको मार्काले जनाएको छ ।

नयाँ प्रशिक्षकसँग भएको भेटका सम्पूर्ण विवरण सार्वजनिक भएपछि मेस्सी आक्रोशमा रहेको क्लारिनलाई उद्धृत गर्दै मार्काले जनाएको हो ।

कोएम्यानसँगको भेटमा मेस्सीले आफूलाई ‘क्लबभित्र भन्दा अधिक बाहिर’ पाउने गरेको बताएका थिए ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउसको पक्षमा रहेको प्रशारण संस्था आरएसी १ ले प्रशिक्षकसँगको भएको कुराकानीलाई तोडमोड गरेर प्रसारण गरेकाले मेस्सी आक्रोशित भएको खबरमा दाबी गरिएको छ ।

बार्सिलोनाको बोर्ड आफूलाई खराब रुपमा प्रस्तुत गरेर क्लबबाट हटाउने ध्यानमा रहेको महसुस मेस्सीले गर्ने गरेको मार्काको खबरमा दाबी गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि