जेठ ०७, २०८१, सोमबार
               

सीपीएल क्रिकेटः सन्दीप लामिछानेको टोली पराजित

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल’ टी–ट्वान्टी क्रिकेट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उनको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल भएका थिए ।

उक्त खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भएको छ । ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो । आजको खेलमा पनि सन्दीपले पुरै चार ओभर बलिङ गरे । उनले ३० रन खर्चेर एक विकेट लिए । नवौँ ओभरमा बलिङ गर्न आउनुभएका सन्दीपले पहिलो ओभरमा मात्र २ रन खर्चिए ।

त्यसपछि ११औँ ओभरमा बलिङ गर्दै उहाँले ११ रन दिनुका साथै एक विकेट लिए । उनले ११औँ ओभरको पाँचौँ बलमा ट्रिनबागोका मुख्य खेलाडी सुनिल नराईनलाई पवेलियन फर्काए । नराईन ५३ रनमा आउट भए । यस्तै खेलको १३औँ ओभरमा सन्दीपले ७  रन खर्चिए । सन्दीपले १५औँ ओभरमा १० रन दिए । 

ब्रायन लारा मैदानमा टस हारेर ब्याटिङ गरेको सन्दीपको टोली जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । एक सय ३६ रनको लक्ष्य १८ दशमलव एक ओभरमा ट्रनबागोले तीन विकेट गुमाएर पूरा गर्यो । उसको जीतमा सुनील नराईनले ५३ र कोलीन मुन्रोले अविजित ४९ रनको योगदान दिए । बलिङतर्फ जमैकाका सन्दीपसँगै फिडेल एडवार्ड र मुजिब उर रहमानले एक एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि ग्लेन फिलिप्स्ले ४२ बलमा ५८ रनको अर्धशतकीको पारी खेले । यस्तै आन्द्रे रसेलले २६ बलमा २५ रन, आसिफ अलिले १६ बलमा २२ रन तथा रमाल लेविसले अविजित रहँदै १६ बलमा १५ रन बनाए । बलिङतर्फ ट्रिनबागोका लागि अलि खान र जेडेन सिल्सले दुई दुई विकेट लिए । पराजयसँगै सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा झरेको छ । 

यसअघि सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । उक्त खेलमा उनको टोली जमैका ५ विकेटले विजयी भएको थियो । अब जमैकाले तेस्रो खेल आइतबार दिउँसो गुयाना अमेजन वारियर्सविरुद्ध खेल्ने छ ।


कस्तो लाग्यो ?

यो पनि