मंसिर ०७, २०८१, शुक्रबार
               

अभिषेक भारतीय क्लबमा अनुबन्ध

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

तस्बिरः उत्सव शाक्य
ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका स्टार अभिषेक रिजाल भारतीय बी डिभिजनको मोहम्मेदन स्पोर्टिङ क्लबमा अनुबन्ध भएका छन् । तीन वर्षका लागि उनी सो क्लबमा अनुबन्ध भएका हुन् ।

फरवार्ड रिजालले मछिन्द्र क्लबबाट गत सिजनको ए डिभिजन लिग खेल्न सुरु गरेका थिए । तर, केही समयपछि नै उनी माल्दिभ्सको क्लबमा अुनबन्धन भए । माल्दिभ्सबाट फर्किएर मनाङबाट मोफसलका खेल सुरु गरेका रिजाललाई पूर्वक्लब मछिन्द्रले विमति व्यक्त गरेपछि उनले खेल्न पाएका थिएनन् ।

अहिले उनी भारतीय क्लबमा आबद्ध भएपछि क्लबले बधाई दिएको छ । “अभिषेक रिजाल भारतको बी डिभिजन क्लब मोहम्मदेन स्पोर्टिङ क्लबमा अनुबन्ध भएका छन् । नयाँ एडभेन्चरका लागि उनलाई बधाई र शुभकामना,” क्लबले फेसबुक पेजमा लेखेको छ।

अर्को वर्ष हुने विश्वकप क्वालिफायर र एसिया कप क्वालिफायरका लागि प्रारम्भिक टोलीमा परेका रिजाल एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।

उनले मलेसियाविरुद्धको सब्स्टिच्युड खेलाडीको रुपमा अन्तर्राष्ट्रिय खेलाडीको रुपमा डेब्यू गरेका थिए भने त्यसपछिको चाइनिज ताइपेइविरुद्ध पहिलो रोजाइका खेलाडीका रुपमा सहभागी बनेका थिए ।

रिजालले नेपाल पुलिस क्लब, मनाङ मर्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लबबाट खेलिसकेका छन् । 

उनी सन् २०७५ सालमा इमर्जिङ प्लेयर अफ द इयर घोषित भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि