जेठ ०७, २०८१, सोमबार
               

सिपिएलमा सन्दीपको खेल आज, प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेटमा आज (बुधबार) जमैका तलावाज र सेन्ट लुसिया जोउक्स भिड्दै छन् ।

ट्रीनिडाड एन्ड टोबेगोमा हुने जमैका र सेन्ट लुसियाबिचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको जमैका आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ ।

जमैका रोव्मन पावेलको कप्तानीमा मैदान उत्रने छ भने सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गर्नेछन् । तुलनात्मक रुपमा सेन्ट लुसिया माथी जमैका हाबी हुने देखिएको छ ।

जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।

सिपिएलमा सन्दीप एक मात्र नेपाली खेलाडी हुन् ।

यसअघि मंगलबार भएको उद्घाटन खेलमा ट्रीनबेगो नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । ट्रीनबेगो नाइट राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो ।

यस्तै दोस्रो खेलमा बार्बाडोस ट्राइडेन्ट्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्सलाई ६ रनले पराजित गर्दै विजयी हात पारेको थियो ।

कोरोना भाईरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा (दर्शकबिना) भइरहेको छ ।

यो पनि