कात्तिक ०२, २०८१, शुक्रबार
               

१३औँ सागमा खेलाडीका सामग्री खरिदमा अनियमितताबारे छानबिन गर्न राखेपलाई मन्त्रालयको निर्देशन

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल र खेलाडीका लागि खरिद गरिएका सामाग्रीमा अनियमितता भए नभएको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई निर्देशन दिएको छ ।

शुक्रबार मन्त्री जगतबहादुर सुनार विश्वकर्माको कार्यकक्षमा भएको बैठकले सञ्चारमाध्यममा आएका विवादित घटनाहरुको विस्तृत छानबिनका लागि राखेपलाई निर्देशन दिएको हो । यस्तै, बैठकले सातदोबाटो परिसरमा रुख काट्ने काममा भएको भनिएको अनियमितताको समेत छानबिन गरी सम्बद्ध व्यक्तिलाई कारवाही गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को मर्म र भावना अनुरुप खेलकुद क्षेत्रमा सुसाशन कायम गर्न गराउन अबलम्वन गर्नपर्ने संरचनागत/ संस्थागत सुधारको कार्ययोजना बनाउन राष्ट्रिय खेलकुद परिषद्लाई पत्र लेख्नेसमेत निर्णय गरेको छ ।

यस्तै, मन्त्रालयले भाद्र १३ गते राष्ट्रिय खेलकुद परिषद्को ५७औं वार्षिक कार्यक्रम गर्न निर्देशन दिएको छ ।

५७औं वर्ष जयन्ती मनाउँदा नेपाल सरकार र मन्त्रीपरिषद्ले निर्धारण गरेको मापदण्डअनुसार तयारी गर्न राखेपलाई मन्त्रालयले निर्देशन दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि