एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) टी-ट्वान्टी क्रिकेट युएईमा हुने पक्का भएको छ ।
कोरोना भाइरसको महामारीले भारतमा हुन नसकेको १३औँ संस्करणको आइपिएल युएईमा गर्न भारत सरकारले अनुमति दिएको छ ।
आईपिएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपिएल आयोजनाका लागि अनुमति पाएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले आईपिएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताइसकेको थियो । बिसिसिआईको उक्त प्रस्ताव भारत सरकारले स्वीकार गरेको हो ।
आईपिएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा पहिलो चरणको खेलहरु युएईमा भएको थियो ।