बैशाख १६, २०८१, आइतबार
               

मेस्सी ७ सय गोल क्लबमा प्रवेश, सर्वाधिक गोल गर्ने उनी सातौं खेलाडी

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

स्पेनिस महारथि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खेल जीवनमा ७ सय गोलको कोसेढुङ्गा पार गरेका छन् । बुधबार बिहान क्याम्प नाउमा भएको खेलमा एट्लेटिको मड्रिडविरुद्ध खेलको ५० औं मिनेटमा गोल गर्दै सात सय गोलको कोसेढुङ्गा पार गरेका हुन् ।

उनले पेनाल्टीमार्फत ७ सयौं गोल पूरा गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७ सय गोल पूरा गर्नुलाई नयाँ कोसेढुंगाका रुपमा व्याख्या गरेका छन् । उनले ६ सय गोल पुरा गरेको १४ महिनामै ७ सय गोल पूरा गरेका हुन् ।

रेकर्डडटस्पोट्सडटसोकर स्टाटिस्टिक फाउण्डेसनका अनुसार मेस्सी ७ सय गोल पूरा गर्ने सातौं खेलाडीसमेत बनेका छन् । सात सय गोल पूरा गर्नेमध्ये मेस्सी र क्रिस्टियानो रोनाल्डो वर्तमान खेलाडी हुन् । जसमा मेस्सीभन्दा २६ गोल बढी गर्दै रोनाल्डो छैटौँ स्थानमा छन् ।

पहिलो खेलाडी – विश्वमा सय गर्ने पहिलो खेलाडी हुन्, चेक–अस्ट्रियन जोसेफ बिकान । उनले सन् १९३१ देखि १९५५ सम्म को आफ्नो खेल करियरमा ८ सय ५ गोल गरेका थिए ।

दोस्रो खेलाडी – दोस्रो खेलाडी हुन् ब्राजिलका रोमारियो । उनले सन् १९८५ देखि २००७ सम्म खेल्दै ७ सय ७२ गोल गरेका थिए ।

तेस्रो खेलाडी – सात सय गोल पुरा गर्ने तेस्रो खेलाडी हुन् ब्राजिलका लिजेन्ड पेले । उनले सन् १९५७ देखि १९७७ सम्मको आफ्नो खेल करियरमा ७ सय ६७ गोल गरेका थिए ।

चौथो खेलाडी – हङ्गेरीका फेरेन्स पुसकास सात सय गोल पूरा गर्ने चौथो खेलाडी हुन् । उनले सन् १९४३ देखि १९६६ सम्मको खेल करियरमा ७ सय ४६ गोल गरेका थिए ।

पाँचौँ खेलाडी – जर्मनीका गेर्ड मुलर सात सय गोल पूरा गर्ने पाँचौँ खेलाडी हुन् । उनले सन् १९६२ देखि १९८१ सम्मको खेल करियरमा सात सय ३५ गोल गरेका थिए ।

छैटौं खेलाडी – ७ सय गोल पूरा गर्ने छैटौं खेलाडी हुन् युभेन्ट्सका क्रिस्टीयानो रोनाल्डो । उनले २००२ देखि हालसम्म ७ सय २६ गोल गरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि