युरोपका शीर्ष लिगमा यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने क्रिष्टियानो रोनाल्डोको सपनामा गम्भीर धक्का लागेको छ । इटालियन सिरी ए फुलटबल अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डोले एक गोल पनि गर्न सकेनन् ।
अवे मैदानमा भएको खेलमा उपाधि विजेता युभेन्टर काग्लिएरीसँग २–० ले पराजित यो । उपाधि पक्का गरेपछिको खेलमा युभेन्टस पराजित भएको हो ।
घरेलु टोली काग्लिएरीका लागि लुका गाग्लिएनोले आठौँ तथा जिओभानी सिमेओनीले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।
दोस्रो हाफमा पनि युभेन्टसले गोल गर्न सकेन । यो सिजन लिगमा ३१ गोल गरिसकेका रोनाल्डोका लागि बुधबार रातिको खेल भने निराशाजनक रह्यो ।
युरोपियन गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका रोनाल्डो लाजिओका स्ट्राइर चिरो इमोबिलेसँग प्रतिस्पर्धामा छन् । रोनाल्डो चिरो भन्दा चार गोलले पछि रहेका छन् ।
चिरोले लिगमा सिजनको ३५ औँ गोल बुधबार राति लाजिओले ब्रेसियालाई २–० ले पराजित गर्ने क्रममा गरेका हुन् ।
सिरी ए फुटबलको यो सिजनको एक मात्र खेल बाँकी हुँदा चिरो युरोपका प्रमुख लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा रहने एक मात्र खेलाडी हुन् ।
उनले बुण्डेस लिगाको यो सिजनमा ३४ गोल गरेका रोर्बट लेवान्डोस्कीलाई पछि पारेका छन् ।
यस्तै चिरो सिरी ए को एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पर्नबाट एक गोल मात्रै पछि छन् । सन् २०१५–१६ को सिजनमा गोन्जालो हेगुइनले नापोलीका लागि ३६ गोल गरेका थिए ।