मंसिर ०७, २०८१, शुक्रबार
               

समर्थकबिनै लिभरपुलको विजयोत्सव

एजेन्सी
साउन ०८, २०७७

ADVERTISEMENT

फुटबल क्लब लिभरपुलले गएरातिको खेलसँगै विजयोत्सव पनि मनाएको छ । घरेलु लिगअन्तर्गत गएराति सम्पन्न खेलसँगै लिभरपुलले जितसँगै विजयोत्सव मनायो ।

उसले सात खेल अगाडि नै प्रिमियर लिगको उपाधि जितेको भए पनि विजयोत्सव मनाएको थिएन । त्यतिबेला लिभरपुलका खेलाडीले होटलमै रमाइलो गरेका थिए ।

जुन २६ तारिखमा भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले चेल्सीसँग हार बेहोरेसँगै लिभरपुलले उपाधि जितेको थियो । त्यतिबेला लिभरपुलका खेलाडीहरुले होटलबाटै खेल हेरिरहेका थिए भने समर्थकहरु एनफिल्ड मैदानमा उत्सव मनाउनका लागि उभिएका थिए ।

सो भीडपछि प्रशिक्षक क्लोपले समर्थकलाई सम्बोधन गर्दै समय आएपछि उत्सव मनाउने बताएका थिए । साथै क्लोपले सबै समर्थकलाई घरमै बसेर उत्सव मनाउन पनि अनुरोध गरेका थिए । 

‘खेलाडी, प्रशिक्षक र क्लबमा पनि तपाईंहरुलाई जस्तै उत्सव मनाउने इच्छा छ । तर समयको प्रतिकूलताका कारण हामीले उत्सव मनाउन सकेनौँ । समय आएपछि हामी उत्सव मनाउने छौं,’ क्लोपले भनेका थिए ।

तर लिग सकिनै लाग्दा पनि कोरोनामा जोखिम कम भएको छैन । यता लिभरपुलको घरेलु मैदानमा यो सिजनको अन्तिम खेल गएराति नै थियो । जसकारण उसले ५३ हजार दर्शक क्षमताको बन्द रंशगालामा, विना समर्थक उपाधि उत्सव मनाएको बीबीसीले जनाएको छ ।

उत्सवमा कप्तान जोन हेन्डरसनले प्रिमियर लिगको ट्रफी उचालेका थिए । उनले लिभरपुलका पूर्व प्रशिक्षक सर केन्नी डल्गिसबाट ट्रफी लिए । डल्गिस ती व्यक्ति हुन्, जो लिभरपुलले सन् १९९० मा पछिल्लो पटक प्रिमियर लिग जित्दा क्लबका प्रशिक्षक थिए ।

त्यतिबेला उसले चेल्सीलाई ५–३ गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको उपाधि जितेको थियो।

‘हामीले उपाधिका लागि धेरै लामो समय कुर्नुपर्यो । यहाँसम्मको यात्रा एकदमै स्मरणीय रह्यो,’ डल्गिसले उत्सवका दौरान भने, ‘यो ट्रफी उचाल्न पाउँदा एकदमै रमाइलो लागेको छ ।’

कोरोना महामारीका कारण प्रिमियर लिग तीन महिना रोकिएको थियो । जुन १७ बाट सञ्चालनमा आएको लिगमा दर्शकलाई प्रवेश निषेध गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि