कात्तिक ०२, २०८१, शुक्रबार
               

राखेप सदस्य सचिवका लागि ३ जना सिफारिस

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि सिफारिस समितिले ३ जनाकाे नाम सिफारिस गरेकाे छ । 

बुधबार सदस्य सचिव सिफारिस समितिले युवा तथा खेलकुद मन्त्री समक्ष रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरेको हाे । 

सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन् । यता महिला सदस्यबाट सिफारिस भएका अन्जु राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन् ।

६ पटकसम्म बैठक बसेर तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । तीनै जनाको नाम आज मात्रै मन्त्री समक्ष पुगेको छ ।

सदस्य सचिवका लागि २७ जनाले मन्त्रालयमा आवेदन बुझाएका थिए।


कस्तो लाग्यो ?

यो पनि