इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने पक्का भएको छ । आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले आइपिएल २०२० मा यूएईमा हुने पुष्टि गरेका हुन् ।
आईपीएलका अध्यक्ष वृजेश पटेलले आईपीएलको यो संस्करण यूएईमा हुने पक्का भएको बताएका छन्-“हामीले यूएईमा आइपीएल गर्नका लागि सरकारसँग मागेको प्रमिसन स्विकृत भएको छ । अब आइपीएल यूएईमा हुने पक्का भएको छ । अहिलेका लागि मिति भने तोकिएको छैन्,” पटेलले भने ।
आईपीएलका खेलहरु दुबइ, आबुधावी र शारजाहमा हुनेछन् । आईपीएलको नयाँ मिति भारतीय टोलीको खेल तालिकालाई मध्यनजर गर्दै तय गरिने बताइएको छ ।
आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थिए ।