जेठ ०३, २०८१, बिहीबार
               

रोनाल्डोले गोल गर्न नसके पनि युभेन्टस हारबाट जोगियो

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

जित निकाल्न नसके पनि बराबरीबाट युभेन्टसले दोस्रोको एट्लान्टा र तेस्रोको लाजिओसँग अंक दूरी बढाउन भने सफल भएको छ ।इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा उपाधि होडमा रहेको युभेन्टस सासुओलोसँग ३–३ को बराबरीमा रोकियो ।

अवे मैदानमा भएको खेलमा युभेन्टसका लागि पाँचौँ मिनेटमा डानिलो, १२ औँ मिनेटमा गोन्जालो हेगुइन तथा ६४ औँ मिनेटमा लोबो सिल्भाले गोल गरे । सासुओलोका लागि २९ औँ मिनेटमा जुरिसिक, ५१ औँ मिनेटमा बेरार्दी तथा ५४ औँ मिनेटमा कापुतोले गोल गरेका हुन् ।

यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् । मार्च यता सिरी ए फुटबलमा उनले गोल गर्न नसकेको यो पहिलो पटक हो ।

जितपछि शीर्ष स्थानको युभेन्सटको ३३ खेलबाट ७७ अंक भएको छ । दोस्रो स्थानमा रहेको एट्लान्टाको ७० अंक छ । बुधबार राति नै भएको खेलमा युडिनेससँग गोलरहित बराबरी खेलेको लाजिओको ६९ अंक रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि