बैशाख २३, २०८१, आइतबार
               

शुक्रबार पनि ओलीको पक्षमा प्रदर्शन

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडाैं । काठमाडाै‌ंमा शुक्रबार पनि केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ ।

पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरूले केही दिनयता उनलाई हटाउन नपाइने भन्दै सडकमा प्रदर्शन गरिरहेका छन् ।

यस्तै, शुक्रबार पनि  प्रदर्शन र नाराबाजीका लागि माैसम उपयुक्त नभए ओलीको पक्षमा प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । 

नेकपाभित्र शीर्शस्थ तहमा सत्ता र शक्तिका लागि किचलो भइरहेका बेला केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन हुँदै आएका छन् । 

यसरी दिनहुँ ओलीको पक्षमा प्रदर्शन हुनुको पछि स्वयं प्रधानमन्त्रीको  हात रहेको भनी आलोचना पनि हुने गरेको छ । 

बिहीबार मात्रै नेकपाको आन्तिरक विवाद मिलाउन सक्रिय दोस्रो तहको बैठकमा प्रधानमन्त्री केपी शर्माको पक्षमा हुने प्रदर्शन रोक्न घनश्याम भुसाललाई जिम्मेवारी दिइएको थियो ।   

  

 


कस्तो लाग्यो ?

यो पनि