जेठ ०२, २०८१, बुधबार
               

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि  लिभरपुललाई

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले हात पारेको छ । प्रिमियर लिगअन्तर्गत गएराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको थियो । घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरेका थिए । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए ।

चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि हात पारेको हो । यसअघि लिभरपुलले सन् १९८९–९० को सिजन प्रिमियर लिगको उपाधि हात पारेको थियो । लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको छ ।

यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो ।  चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ । साविकको विजेता समेत रहेको सिटीको ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ । यस सिजन लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ । जर्मन प्रशिक्षक क्लोपले गत सिजन लिभरपुललाई उपविजेता बनाएका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि