जेठ ०२, २०८१, बुधबार
               

इंग्लिस प्रिमियर लिगः बर्नलीको पोष्टमा सिटीको ५ गोल

एजेन्सी
असार ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलीलाई ५–० गोलअन्तरले पराजित गरेको छ । सोमबार राति भएको खेलमा घरेलु टिम सिटीले बर्नलीलाई फराकिलो अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेन र रियाद महरेजले समान २–२ गोल गर्दा डेविड सिल्भाले एक गोल थपे ।

खेलको पहिलो हाफमा तीन गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निश्चित गरेको थियो । उक्त खेलको २२औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४३औँ मिनेटमा गोल गरेका महरेजले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दा सिटीले पहिलो हाफसम्म ३–० को अग्रता बनायो ।

खेलको ५१औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४– ० को अग्रता दिलाए । बर्नलीमाथि दबाब बनाइ राखेको सिटीले खेलको ६३औं मिनेटमा फेरि अर्को गोल थप्यो । फोडेनले गोल गर्दै सिटीलाई ५– ० गोलको जित दिलाएका थिए ।

उक्त जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ६३ अंक भएको छ । पराजित बर्नलीको भने ३० खेलबाट ३९ अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुलको ३० खेलबाट ८३ अंक रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि