जेठ ०२, २०८१, बुधबार
               

अन्डर टेकरले डब्लुडब्लुईबाट सन्यास लिने

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

विश्वकै चर्चित रेसलिङ खेलाडी अन्डर टेकरले डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरेका छन् । सन् १९९० देखि सबै दर्शकलाई मनोरञ्जन दिँदै आएका उनले आइतबार एक्कासि आफ्ना सबै फ्यानलाई धन्यवाद दिँदै डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनले आफ्नो जिवनमा आधारित हालै रिलिज भएको डकुमेन्ट्रि सिरिज द लास्ट राईडमा सन्यासको घोषणा गरेका हुन् ।

उनले हालसम्म हरेक च्याम्पियनसिपहरु जितेका छन् । उनले भनेका छन् खेल परिवर्तन भएको छ । नयाँ व्यक्तिलाई मौका दिने समय आएको छ । मैले सोचे यो सही समय हो ।

यो डकुमेन्ट्रीले मेरो आँखा खोल्यो र मलाई ठूलो तस्बिर हेर्न मद्दत गर्यो । यस कारणले गर्दा, म प्रति मेरो दृष्टिकोण पछिल्ला केही वर्षहरूमा परिवर्तन भएको छ । मलाई लाग्छ कि रिङभित्रभन्दा बाहिरबाट अब म अझ राम्रो गर्न सक्छु ।


कस्तो लाग्यो ?

यो पनि