जेठ ०२, २०८१, बुधबार
               

बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा

एजेन्सी
असार ०८, २०७७

ADVERTISEMENT

फुटबल क्लब बार्सिलोनालाई पछाडि पार्दै रियल मड्रिड, स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

३० खेलबाट बार्सिलोना र रियल मड्रिडले समान ६५ अंक जोडे पनि हेड टु हेडका आधारमा रियल मड्रिड शीर्ष स्थानमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बाँकी सबै गोल दोस्रो हाफमा भएका थिए । रियलको जितमा सर्गियो रामोस र करिम बेन्जिमाले गोल गरे । 

खेलको ५०औं मिनेटमा डिएगो लोरेन्टेले पेनाल्टी क्षेत्रभित्र भिनिसियसलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो ।

सर्जियो रामोसले पाएको पेनाल्टीलाइ गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाएका थिए । 

७०औं मिनेटमा बेन्जामिनले अग्रता दोब्बर पारे । 

खेलको ८३औं मिनेटमा सोसिडाडका मिकेल मरिनोले गोल फर्काए ।


कस्तो लाग्यो ?

यो पनि