जेठ ०२, २०८१, बुधबार
               

रोनाल्डोको पेनाल्टी मिस, अवे गोलको आधारमा युभेन्टस फाइनलमा

एजेन्सी
जेठ ३१, २०७७

ADVERTISEMENT

फुटबल क्लब युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

अवे गोलका आधारमा एसी मिलानलाई हराउँदै युभेन्टस कोपा इटालियाको फाईनल प्रवेश गरेको हो ।

टुरिनमा भएको दोस्रो लेगको खेल गोल रहित बराबरीमा सकिएपछि अवे गोलका आधारमा युभेन्टस अघि बढ्यो । 

गत फेब्रुअरी १३ मा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । सो खेलमा दोस्रो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाएका थिए ।

१३ पटकको च्याम्पियन युभेन्टसले बन्द रंगशालामा भएको सेमिफाइनलको दोस्रो लेगमा कुनै गोल गर्न सकेन । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टसले सुरुवातमै अग्रता लिने अवसर गुमाएको थियो ।

आन्टी रिबिकको ह्यान्ड बलमा युभेन्टसले खेलमा पेनाल्टीको अवसर पाएको थियो । १६औं मिनेटमा क्रोएसियाका फरवार्ड रिबिकले पुन युभेन्ट्सका ड्यानिलोलाई फल गरेपछि रातो कार्ड खादै मैदान छाडेका थिए ।

युभेन्टसका प्रशिक्षक सर्रीले बुधबार रोममा हुने फाईनलमा ईन्टर मिलान वा नापोलीसँग प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलको खेलमा नापोलीले १–० को अग्रता लिएको छ । शनिबार दोस्रो लेगको खेल हुँदैछ ।

सिरि ए फुटबलमा एसी मिलान शीर्ष स्थानको युभेन्ट्स भन्दा २७ अंकले पछाडी रहको छ । चोटका कारण ज्लाटन इब्राहिमोविचले मिलानबाट खेल गुमाएका थिए ।

कोरोना भाईरसका कारण ईटालीको फुटबल मार्च ९ बाट स्थगित अवस्थामा छ । तर अबरुद्ध सिजन जुन २० बाट सुरु हुने तयारीमा छ ।

लिग लिडर युभेन्टसले दोस्रो स्थानको लाजियोसँग १ अंकको अग्रता लिएको छ । लिगमा अझै १२ चरणको खेल बाँकी छ ।

यो पनि