जेठ ०८, २०८१, मंगलबार
               

डिएगो कोस्टालाई ६ महिना कैद सजाय

एजेन्सी
जेठ २३, २०७७

ADVERTISEMENT

फुटबल क्लब एथ्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोस्टाले  १० लाख युरो बराबर कर छली गरेको स्वीकार गरेका छन् । स्पेनिस अधिकारी समक्ष कर छली गरेको उनले स्वीकार गरेका हुन् ।

सन् २०१४ मा चेल्सीसँग अनुबन्ध हुँदा आर्जन गरेको ५० लाख युरोको खुलासा नगरेको कारण उनीमाथि कर छलीको आरोप लागेको थियो ।

कोस्टालाई बिहीबार ६ महिना कैद सजाय सुनाइएको छ । 

तर, स्पेनको कानुन अनुसार अहिंस्रक अपराधमा पहिलो पटक गल्ती गर्नेले दुई वर्षभन्दा कम सजाय पाएमा जरिवाना तिरेर रिहा हुन सक्छन् ।

कोस्टाको मुद्दामा अब उनले १० लाख युरोको साथमा थप ५ लाख युरो तिरे जेलमा बस्नु पर्ने छैन । उनको इमेज राइटबारे पनि अनुसन्धान भइरहेको छ ।

सन् २०१४ को जुलाईमा कोस्टा एथ्लेटिको म्याड्रिड छाडेर चेल्सीसँग अनुबन्ध भएका थिए । उनलाई किन्न चेल्सीले ४ करोड डलर खर्च गरेको थियो । चेल्सीमा रहँदा कोस्टाले १२० खेलमा ५९ गोल गर्न सफल भएका थिए ।

उनी सन् २०१७ मा पुनः एथ्लेटिको फर्किएका थिए । 


कस्तो लाग्यो ?

यो पनि