बैशाख २१, २०८१, शुक्रबार
               

श्रीलंका बलर मदुशंका निलम्बनमा

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

श्रीलंकाका तीव्र गतिका बलर शेहन मदुशंका सबै फर्म्याटका क्रिकेट खेलबाट निलम्बनमा परेका छन् ।

उनी अवैध लागुपदार्थ हिरोइन बोकेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले पक्राउ गरेको भोलिपल्टै श्रीलंका क्रिकेटले उनलाई निलम्बन गरेको हो । अब उनविरुद्ध मुद्दा लगाइने छ । उनको मुद्दाको सुनुवाई हाइकोर्टमा सुनुवाइ हुनेछ ।

श्रीलंका टिमबाट दुई बर्षभन्दा बढी समय नखेलेका शेहन घरेलु क्रिकेट खेलिरहेका थिए । कोरोनाका कारण क्रिकेट बन्द हुनुभन्दा अघि उनले घरेलु क्रिकेट खेलिरहेका थिए ।

प्रहरीले पक्राउ गर्दा शेहनको साथमा हिरोइन रहेको थियो । शनिबार उनलाई पुलिसले पक्राउ गरेको क्रिकइन्फोले जनाएको छ । उनलाई हाल हिरासतमा राखिएको छ भने केही दिनमा उच्च अदालतमा लाने तयारी भइरहेको छ ।

सन् २०१८ बंगलादेशविरुद्धको आफ्नो डेब्यु एकदिवसीय खेलमा उनले ह्याट्रिक लिएका थिए । उनले बंगलादेशविरुद्ध नै दुई ट्वान्टी ट्वान्टी खेल खेलेका थिए । त्यसपछि चोटका कारण श्रीलंका टोलीमा स्थान बनाउन सकेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि