बैशाख २१, २०८१, शुक्रबार
               

विश्वका उत्कृष्ट युवा क्रिकेटरमा नेपालका सन्दीप र कुशल पनि !

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट दुई जना खेलाडी परेका छन् । सो पत्रिकाले सार्वजनिक गरेको २० वर्ष भन्दा कम उमेरका उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर कुशल मल्ल परेका हुन्।

यो सूचीमा टेस्ट मान्यता देशका खेलाडीको बाहुल्यता रहेको छ । यस्तै एसाेसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा युएई र स्कटल्यान्डका १–१ जना समावेश छन्।

सो पत्रिकाले जनाएअनुसार सूचीमा भारतबाट धेरै खेलाडी परेका छन् । यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलादेश र स्कटल्यान्डबाट पनि खेलाडी परेका छन् ।

उत्कृष्ट खेलाडीको सूचीमा परेका भारतीय खेलाडीमा यशस्वी जैसवाल, रवि बिस्नोइ, कार्तिक त्यागी, प्रियम ग्राग रहेका छन् । सबै खेलाडी १९ वर्षका रहेका छन् । यी खेलाडीमा यशस्वी यो सिजनको आइपिएलमा पनि बिक्री भइसकेका खेलाडी हुन भने ग्रागले भारतको यु १९ क्रिकेटका कप्तान हुने भने पहिलो श्रेणीमा दोहोरो शतक बनाएका खेलाडी हुन् ।

यस्तै त्यागी पनि आइपिएलमा छनोट भएका यु १९ खेलाडी हुन् । उनले भारतबाट विश्वकप पनि खेलेका छन् । रवि बिस्नाइ भारतका युवा बलर हुन् । जसले दक्षिण अफ्रिकामा भएको विश्वकपमा धेरै विकेट लिएका थिए ।

नेपालबाट परेका सन्दीप लामिछाने एक चर्चित युवा क्रिकेटर हुन् । विश्वका प्राय सबै फ्रेन्चाइजी लिग खेलेका सन्दीप नेपालका लागि टी २० मा एक सय विकेट लिने पहिलो खेलाडी हुन् । यसका साथै उनी एकदिवसिय क्रिकेटमा पनि नेपालका लागि धेरै विकेट लिने बलर हुन् ।

नेपाली खेलाडी कुशल मल्ल एक अलराउण्डर हुन । उनले एक दिवसीय क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । यसका साथै उनी एक किफायती बलर पनि हुन् ।

अफगानिस्तानबाट यो सूचीमा पर्ने खेलाडीमा मुजिब उर रहमान र साफिकुल्लाह घफारी रहेका छन् । यस्तै पाकिस्तानबाट हइदर अली र रोहित नाजिर रहेका छन् । दक्षिण अफ्रिकाबाट ब्रास पार्सन्स छन् भने स्कटल्यान्डका टम माकिन्टोन, इंग्ल्यान्डका हमिदुल्लाह कद्री सूचीमा परेका छन् । बंगलादेशका रोसिफुल इस्लाम र रकिबुल हसन उत्कृष्ट युवा खेलाडीको सूचीमा छन् । अस्ट्रेलियाका तनविर संघा र युएईका जोनाथन फिगी तथा वेस्ट इन्डिजका जयडेन सिल्स युवा उत्कृष्ट खेलाडीको सूचीमा परेका छन् ।

द नेशनलले यो सूची उमेर समूहमा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा गरेको हो । यसमा प्रायः सबै खेलाडी १९ वर्षको हाराहारीमा रहेका छन् । नेपालका कुशल मल्ल र स्कटल्यान्डका टममात्र सबैभन्दा कम उमेरका रहेका छन् । दुवैको उमेर १६ वर्ष उल्लेख गरिएको छ ।

यो पनि