जेठ ०४, २०८१, शुक्रबार
               

एकै पटक दुई प्रतियाेगिताकाे फाइनलमा पुलिस
साविक विजेता सुदूरपश्चिम पराजित

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

नेपाल पुलिस सर्लाहीको बागमतीमा जारी छैटौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । साविक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई पुलिसले ३–१ ले हराउँदै एकै साता दुई वटा नकआउट चरणको फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पुलिस १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पनि फाइनलमा पुगेको छ ।

पोखरामा शनिबार हुने फाइनलमा पुलिसले नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको सामना गर्दै छ । यसअघि पुलिसले एकैपटक तीन वटा (बुढासुब्बा गोल्डकप, नेपाल आइस खप्तड सुदूरपश्चिम गोल्डकप र राइनो कप)मा एकै साथ प्रतिस्पर्धा गरेको थियो ।

राजर्षि जनक कपमा पुलिसले प्रभु बैंक जावलाखेल युथ क्लब तथा भारत सिलगुढीको केएफसीमध्ये एक टोलीको सामना गर्नेछ । यी दुई टालीबीच शनिबार खेल हुनेछ ।

आजको सेमिफाइनल खेलमा पुलिसका कप्तान जुमानु राईले ४८ औं मिनेटमा पहिलो गोर गरेका थिए । त्यसपछि खेलको ५६ औं र ६८ औं मिनेटमा तीर्थ रानाले दुई गोल गर्न सफल रहे । 

खेलको म्यान अफ दी म्याच बनेका जुमानुले १० हजार रुपैयाँ हात पारेका छन् । 


कस्तो लाग्यो ?

यो पनि