बैशाख २१, २०८१, शुक्रबार
               

रोनाल्डोको न्वारनको कथा, हलिउड अभिनेताबाट प्रभावित थिइन् आमा

एजेन्सी
फागुन २७, २०७६

ADVERTISEMENT

पोर्चुगलका कप्तान क्रिष्ट्रियानो रोनाल्डो ३५ वर्षका भए । आज उनी विश्वकै सफल फुटबलरमध्ये एक हुन् । युरोकप र च्याम्पियन्स लिगसहित इङल्यान्ड, स्पेन र इटलीमा लिग उपाधि जितिसकेका रोनाल्डोले यस अवधिमा पाँच पटक फिफा बेलोन डि अर तथा चारपटक युरोपियन गोल्डेन सुज जितिसकेका छन् । युरोपेली च्याम्पियन्स लिगमा सर्वाधिक १ सय २८ गोल गर्ने किर्तिमान रोनाल्डोको नाममा छ ।

यसरी गरिएको थियो न्वारन
पोर्चुगलका कप्तान रोनाल्डोको जन्म फेब्रअरी ५, १९८५ मा भएको थियो । उनी जन्मनुभन्दा एक महिनाअघि मात्रै हलिउड अभिनेता तथा अमेरिकी नेता रोनाल्ड रेगनले अमेरिकी राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालको सपथ लिएका थिए । 
यस समय फेर्नाओ बार्रोस सोउसा रोनाल्डोका बाबु जोसे डिनिस इभिइरोसँग पोर्चुगलको माडिइरास्थित स्थानीय एन्डोरिन्हा क्लबबाट खेल्थ्यें । डिनिसले आफ्ना नवजात शिशुको न्वारनमा धर्मपिता बन्‍न साथी सोउसालाई आग्रह गरे । 
सोउसा भन्छन्, ‘रोनाल्डोको शुद्धिकरण र न्वारनको दिन म र डिनिस निकै ढिला चर्च पुग्यौं र धर्मगुरुले उनको न्वारन गर्न मानेका थिएनन् । हामीले उनलाई धेरै मनाउनुपर्‍यो ।’
सोउसाका अनुसार रोनाल्डोकी आमा मारिया डोलोरेस रोनाल्ड रेगनको अभिनयकी प्रशंसक थिइन् । उनी आफ्नो छोरालाई पनि त्यस्तै बनाउन चाहन्थिंन् । त्यसैले छोराको नाम रोनाल्डो जुराइयो । 

संघर्षपूर्ण विगत

  • रोनाल्डोको उमेरका अन्य बच्चाहरु विलासी खेलौंनामा रमाउथ्यें । तर राेनाल्डोको परिवारसँग खेलौना किनिदिने पैसा पनि थिएन । उनका दाजु तथा दुई दिदी समेतलाई पाल्न परिवारले ठूलै संघर्ष गर्नुपरेको थियो । त्यसैले रोनाल्डोले आफुभन्दा ठूला उमेरका अन्य बालकसँग फुटबल खेलेर दिन बिताउन थाले । 
  • एन्डोरिना क्लबमा बाबुले पिउनको काम थाल्दा रोनाल्डोको उमेर ८ वर्षको थियो । उनी बाबुसँग क्लब आउने र जाने गर्थे‌‌ । यतिबेलासम्म पनि बाबु-आमाको इच्छा छोरालाई अभिनयमै लगाउने थियो । 
  • १० वर्षको उमेरमा उनले नासियोनल नामक अर्को स्थानिय क्लबसँग सम्झौता गरे ।  यहाँ राम्रो खेलेपछि  रोनाल्डोलाई पोर्चुगलकै चर्चित स्पोर्टिङ सिपिले ट्रयालमा बोलायो ।  उनी क्लबको युवा टिमका लागि छानिए ।
  • १४ वर्षको उमेरसम्म पुग्दा रोनाल्डो फुटबलमा अब्बल भइसकेका थिए, पढाई कमजाेर थियो । त्यसैले परिवारले उनलाई फुटबलमै लगाउने निर्णय लियो । त्यसको दुई वर्षपछि  २००२ मा स्पोर्टिङ सिपिको सिनियर टिमबाट लिगमा डेब्यु गर्दै उनले २ गोल गरे । मोरिइरेन्स विरुद्धको उक्त खेल स्पोर्टिङले ३–० ले जितेको थियो ।
  • स्पोर्टिङमा चम्किएपछि आर्सनलका प्रशिक्षक आर्सेन विंगरले उनलाई लण्डन बोलाए । आर्सनलसँग सम्झौताका लागि वार्ता पनि चलिरहेको थियो । तर, आर्सनललाई उछिनेर एलेक्स फर्गुसनले २००३ मा रोनाल्डोलाई म्यानचेष्टर युनाइटेड भित्र्याए ।
  • युनाइटेडलाई स्पोर्टिङले ३–१ ले हराएको खेलमा रोनाल्डोले जादू देखाएका थिए । त्यसपछि रायन गिग्स, रियो फर्निडान्ड लगायतका युनाइटेडका प्रमुख खेलाडीहरुले रोनाल्डोलाई क्लब भित्र्याउन फर्गुसनलाई सुझाव दिएका थिए ।
  • म्यानचेष्टर युनाइटेडको क्यारिङटन ट्रेनिङ कम्प्लेक्समा देखापर्दा उनको उमेर केवल १८ वर्षको थियो । म्यानचेष्टरको युवा टोलीलाई सन् २००० र २००१ मा प्रशिक्षण दिएका माइक क्लेग भन्छन्, ‘ उनको महानतम् यात्रा त्यतिबेलै सूरु भयो । उनले उनले आफ्नो योजना र लक्ष्यलाई दिन–दिनै सफल बनाउँदै लगे ।’ क्लेगको बुझाई रोनाल्डोलाई प्रकृतिले नै क्षमता दिएको थियो , उनी कालो पत्थरभित्रका हिरा थिए हजारौ‘–हजार घण्टासम्म घोटिएर उनले चमक देखाए ।
  • क्लेगका अनुसार म्यानचेस्टरका प्रशिक्षक एलेक्स फर्गुसनले रोनाल्डोलाई निश्चित गोल गर्ने जिम्मेवारी दिन्थ्ये‘ । उनलाई सन् २००६ मा १० र सन् २००७ मा  १५ गोल गर्ने जिम्मेवारी दिइएको थियो । तर रोनाल्डोले सन् २००६ को सुरुआतमा १२ तथा सन् २००७ को सुरुआतमा २३ गोल गरिसकेका थिए ।
  • सन् २००७–०८ को सिजन म्यानचेष्टर युनाइटेडले रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जित्यो । २००८ मा उनले पहिलो पटक फिफा वर्ष खेलाडीको अवार्ड जिते । 
  • अर्को वर्ष रोनाल्डो विश्व किर्तिमानी रियल म्याड्रिड गए । रोनाल्डोले म्यानचेष्टरमा छदॉ १ सय ९६ खेल खेल्दै ८४ गोल गरेका थिए । रियलमा ९ सिजन बिताउने क्रममा उनले २ सय ९२ खेल खेल्दै ३ सय ११ गोल गरे । रियललाई उनले दुईपटक ला-लिगा तथा चारपटक च्याम्पियन्स लिग जिताए । 
  • सन् २०१८ मा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका रोनाल्डोले गत सिजन सिरिए उपाधि पनि जिते । 

कस्तो लाग्यो ?

यो पनि