जेठ ०८, २०८१, मंगलबार
               

प्रिमियर लिगमा खेलाडीले हात मिलाउन नपाउने

एजेन्सी
फागुन २३, २०७६

ADVERTISEMENT

एजेन्सी । इङ्लिस प्रिमियर लिगले खेल सुरु हुनुअघि खेलाडी र खेलका अफिसियलबीच हात मिलाउने परम्परालाई तत्कालका लागि स्थगन गरेको छ ।

हात मिलाउने परम्परा अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गरिएको हो । 

कोरोनाभाइरसको संक्रमणको बढेसँगै लिगले यो निर्णय लिएको हो ।

अब खेलाडी टोली पहिलेजस्तै मैदानमा लाइनमा बसे पनि कसैले कसैसँग हात मिलाउने छैनन् ।

कोरोनाभाइरसबाट विश्वमा ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणबाट ३२ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

यसैबीच, प्रिमियर लिगको शीर्ष स्थानमा रहेको फुटबल क्लब लिभरपुलले एनफिल्डमा मास्कट नराख्ने र आफ्नो स्टाफहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम रहेका देशहरुमा यात्रा गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि