प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फ'ल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुसिन कराते संघको आयोजनामा यसै साता ललितपुरमा सम्पन्न प्रतियोगितामा देशभरका २८ जिल्लाबाट ३ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विभिन्न १० विधामा भएको प्रतिस्पर्धामा खुलातर्फ शनि सुनार प्रथम भए । सो विधामा विनय सिंहले दोस्रो र रविन लामाले तेस्रो स्थान
हात पारे ।
तौल समूहमा भने पुरुषतर्फ ३० केजीमा सचिन पुन प्रथम, सागर थिङ द्वितीय र रमित महर्जन तृतीय, ३५ केजीमा विश्वास मल्ल ठकुरी प्रथम, साहिल पुन द्वितीय र विक्रम चौधरी तृतीय, ४५ केजीमा निजर लामा प्रथम, अनमोल मास्के द्वितीय र अनमोल मल्ल तृतीय, ५० केजीमा
सञ्जय राई प्रथम प्रविन राना द्वितीय र सञ्जय गुप्ता तृतीय तथा ६० केजीमा थमप्रसाद खड्का प्रथम, पुष्कर राउत द्वितीय तथा अजय चौधरी तृतीय भए ।
यसैगरी, तौल समूहमै महिलातर्फ ५० केजीमा संगिता तामाङ प्रथम, अनिता एसके द्वितीय र शान्ति थापा मगर तृतीय, ५५ केजीमा दीपा शाही प्रथम, रञ्जिता गुरुङ द्वितीय र अमृताकुमारी सेन ठकुरी तृतीय तथा महिला खुलातर्फ अम्बिका भुजेल प्रथम, अनुपा नेपाली द्वितीय र जुनकिरी श्रेष्ठ तृतीय भए ।
नेपालमा क्योकुसिन कराते २०५४ सालमा नै भित्रिएको थियो, त्यतिबेला बालकुमारी डोजोको रूपमा सञ्चालन भएकोमा हाल यसले संघको रूप धारणा गरिसकेको छ । नेपाल क्योकुसिन कराते संघले जापानको क्योकुसिन युनियनबाटसमेत सम्बन्धन प्राप्त गरेको छ ।
संघले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेपाल सरकारका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरे । आयोजक क्योकुसिन कराते संघका अध्यक्ष सुरेन्द्र डंगोलले अध्यक्षता गरेको उद्घाटन समारोहमा ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि सहभागी थिए ।
प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका रामजीप्रसाद बज्राचार्यले निर्वाह गरे।प्रतियोगिताका विजेतालाई मेडलसहित सिल्ड र नगद पुरस्कार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।