बैशाख २०, २०८१, बिहीबार
               

सदाबहार स्टार रोनाल्डो, यस्तो छ फिटनेस मन्त्र

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

३५ वर्षको उमेरमा अधिकांश खेलाडी सन्यास नजिक हुन्छन् । तर युभेन्टसबाट खेल्ने पोर्चुगिज स्टार क्रिस्ट्रियानो रोनाल्डो अझै उत्कृष्ट फर्ममा छन् । रोनाल्डो निकै मेहिनती छन् । सहकर्मी खेलाडीहरुका अनुसार स्टार हुनका बाबजुद उनी सबैभन्दा पहिले अभ्यासका लागि मैदानमा आउँछन् अनि सबैभन्दा ढिला फर्कन्छन् । कहिलेकाँही उनी एक्लै घण्टौंसम्म पनि अभ्यास गर्छन् । सफल कसरी बन्‍ने ? रोनाल्डो भन्छन् : 

  •  आफू के बन्ने र के गर्ने भन्ने स्पष्ट उद्देश्य राख्नुहोस् । यसले तपाईंलाई काममा फोकस गराउँछ । हार्डवर्क गर्न प्रेरित गर्छ ।
  • आफ्नै सहकर्मीसँग पनि प्रतिस्पर्धाको भावना राख्नुहोस् । प्रतिस्पर्धी भए पनि सहयोग गर्नुहोस् र लिनुहोस् पनि ।
  • पूरै निद्रा पुग्ने गरी सुत्नुहोस् । खेलका दौरान म चाँडै सुत्छु र चाँडै उठ्छु । आरामले मांसपेशी रिकभर हुन पनि मद्दत गर्छ ।
  • सधैँँ फिट हुनका लागि शरीर मात्र स्वस्थ भएर हुँदैन, दिमाग पनि उत्तिकै स्वस्थ हुन जरुरी छ । तसर्थ, यी दुवैको स्वास्थ्यमा उत्तिकै ध्यान दिनुहोस् ।
  • अनुशासित हुनुहोस् । आफूले आफैँलाई सधैँ उत्प्रेरणा जगाउनुहोस् । आफ्नो तालिकालाई टाइट गर्नुहोस् ।
  • कार्डियोले तपाईंको धैर्यसँगै स्टामिना बढाउनसमेत मद्दत गर्छ । ट्रेनिङका दौरान कम्तीमा ३० मिनेटजति जगिङ गर्नुहोस् । यसले तपाईंलाई थप बलियो बनाउँछ र खेल कौशल पनि बढ्छ ।
  • खेलमा राम्रो गर्न पोषणयुक्त खानेकुराको पनि उत्तिकै जरुरी पर्छ । तसर्थ, उच्च मात्रामा प्रोटिन भएका खानेकुरा नियमित खानुहोस् । सीमित मात्रामा कार्बोहाइड्रेट भएको खाना पनि खानुहोस् । तर, फलफूल, हरिया सागसब्जी प्रशस्त खानुहोस् । सुगरफ्री खानामा जोड दिनुहोस् ।
  • सफलताका लागि हार्डवर्कसँगै आराम गर्न पनि उत्तिकै आवश्यक छ । शारीरिक अभ्यासका दौरान त यो झनै आवश्यक छ । फुटबलबाहिरको दुनियाँमा पनि जानुहोस् कहिलेकाहीँ । यसले तपाईंलाई सधैँ सकारात्मक  ऊर्जा दिन्छ ।
  • स्वस्थ हुनका लागि तपाईंको शरीरमा पानीको मात्रा ठीक हुन आवश्यक छ । यसका लागि प्रशस्त मात्रामा पानी पिउनुहोस् । झोलयुक्त अन्य पदार्थ पनि खानुहोस् ।
  • मुड फ्रेस हुनका लागि संगीत सुन्न आवश्यक छ । म सधैँ संगीत सुन्छु । संगीतले तनावका बीच पनि अर्कै संसारमा पुर्‍याउँछ । राम्रा गीत सुन्दा राम्रो खेल्ने उत्पे्ररणा जाग्छ ।

कस्तो लाग्यो ?

यो पनि