बैशाख २४, २०८१, सोमबार
               

आर्सनल क्वाटरफाइनल प्रवेश

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

एजेन्सी । आर्सनल एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

सोमबार राति भएको खेलमा आर्सनलले पोर्ट्समाउथलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

आर्सनलको जितमा स्रोक्राटिस पासास्थापोलोस र एडी नेकेथियाले गोल गरेका थिए । 

स्रोक्राटिसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । 

एडी नेकेथियाले ५१औं मिनेटमा आर्सनलको अग्रता दोब्बर बनाए । 

पोर्ट्समाउथले गोल गर्ने केही अवसर गुमाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि