मंसिर ०१, २०८१, शनिबार
               

पुलिसलाई हराउँदै मनाङले जित्यो बुढासुब्बा गोल्डकप

नेपाल फ्ल्यास
फागुन १७, २०७६

फाइल फाेटाे
ADVERTISEMENT

मनाङ मर्स्याङ्दी क्लबले २२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै मनाङ चौथो पटक बुढासुब्बा गोल्ड कप जित्न सफल भएको हो ।

योसँगै मनाङ तीनै पटकको फाइनलमा पुलिसलाई हराउन सफल भएको छ । यस महिना सम्पन्न लिगमा पनि मनाङले पुलिसलाई २–० ले हराएको थियो ।

मनाङको जितमा दयानन्द सिंह, विशाल लिम्बु र विमल रानाले गोल गरेका थिए । पुलिसका लागि भोला सिलवालले पेनाल्टीमा गोल फर्काएका थिए ।

धरान रंगशालामा शनिबार दयानन्द सिंहको गोलबाट मनाङले अग्रता लिएको थियो । ११ औं मिनेटमा सिंहको गोलबाट मनाङले अग्रता बनाएको थियो । 

सुमनको ब्याक पासमा आएको बललाई सञ्जिवले अघि बढाउन ढिलाई गरेपछि त्यही बल खोस्दै दयानन्दले गोल गरेका हुन् । बुढासुब्बामा प्रतियोगितामा दायानन्दको यो चौथो गोल हो । ५० औं मिनेटमा विशालले गोल थपे ।

भोलाले ६५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । पेनाल्टी एरियामा जुमानु राईलाई मनाङका खेलाडीले लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो । ६ मिनेटको इन्ज्युरी समयमा विमलले गोल गर्दै मनाङको जित निश्चित गरेका थिए ।

उपाधिसहित मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

यो पनि