जेठ ०७, २०८१, सोमबार
               

सन्दीप लामिछानेले नयाँ रेकर्ड बनाए पनि नेपाल पराजित

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा एक सय विकेट पूरा गर्दै नयाँ रेकर्ड बनाएका छन् । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँगको खेलमा विकेट लिँदै टी–२० क्रिकेटमा एक सय विकेट पूरा गरेका हुन् ।
एक सय विकेट लिएसँगै सन्दीप टी–२० मा एक सय विकेट लिने पहिलो नेपाली बलरसमेत बनेका छन् । उनले राष्ट्रिय टोली र अन्तर्रा्ष्ट्रिय फ्रेन्जाइज लिगबाट यस ऐतिहासिक उपलब्धि हाँसिल गरेका हुन् । सन्दीपले ७५ खेलमा सय विकेट पूरा गरेका हुन् । 

सन्दीपले सन् २०१८ को इन्डियन प्रिमियर लिग (आइपिएल) मा ५ विकेट लिएका थिए । त्यस्तै सन् २०१८ मा भएको क्यारेबिन प्रिमियर लिगमा ७ विकेट, अफगानिस्तान प्रिमियर लिगमा २ विकेट लिएका थिए । उनले २०१८ र १९ मा भएको बिग ब्यास लिगको ८ खेलमा ११ विकेट लिएका थिए । 

त्यस्तै बंगलादेश प्रिमियर लिगमा ४ विकेट,  पाकिस्तान सुपर लिगमा ११ विकेट,  आइपिएल २०१९ मा ८ विकेट,  क्यनरेबिन प्रिमियर लिग २०१९ मा ८ विकेट लिएका थिए। उनले नेपाली राष्ट्रिय टोलीबाट ३१ विकेट लिएका छन् ।

सन्दीपको उत्कृष्ट प्रर्दशनका बीच एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
थाइल्याण्डको बैंकक शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो । मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनाउन सक्यो ।
अब नेपालले आइतबार हङकङसँग खेल्नेछ । 
 


कस्तो लाग्यो ?

यो पनि