बैशाख २४, २०८१, सोमबार
               

'राउन्ड अफ ३२'बाटै बाहिरियो आर्सनल

एजेन्सी
फागुन १६, २०७६

ADVERTISEMENT

एजेन्सी । अवे गोलमा पछि परेपछि इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । 

बिहीबार राति घरेलु मैदानमा ओलम्पियाकोससँग २–१ ले पराजित भएसँगै आर्सनल राउन्ड अफ ३२ बाटै नकआउट भएको हो । 

समग्रमा २–२ गोलको बराबरी भए पनि ओलम्पियाकोस अवे गोलको सहयोगमा अन्तिम १६ मा पुग्न सफल भएको हो । 

पहिलो लेगमा आर्सनलले १–० को अवे जित निकालेको थियो । दोस्रो लेगमा ओलम्पियाकोसले २–१ को जित निकाल्दा महत्वपुर्ण दुई खवे गोल गर्न सफल भएको थियो ।

इमिरेट्स स्टेडियममा भएको खेलअन्तर्गत पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५३औं मिनेटमा पपु एबोउ सिसेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

त्यसपछि दुवै टोलीले अवे गोल गरेका कारण खेल १–१ गोलको बराबरी हुदा अतिरिक्त समयमा धकेलिएको थियो । 

११३औं मिनेटमा कप्तान पिएरे इम्रिक आवामियाङले गोल गर्दै आर्सनललाई २–१ को अवस्थमा ल्याए । 

इन्ज्युरी समयमा सम्हालिन नसक्दा आर्सनलले १२०औं मिनेटमा गोल खाएपछि आसर्ननलको राउन्ड अफ ३२ बाटै नकआउट हुन पुग्यो । 

ओलम्पियाकोसका युसेफ अल अरवीले महत्वपुर्ण अवे गोल गर्दै २–१ को जितसहित प्रि–क्वाटरफाइनलको यात्रामा अघि बढाए ।


कस्तो लाग्यो ?

यो पनि