जेठ ०५, २०८१, शनिबार
               

केभिन ओब्राइनले काठमाडौंबाटै इपिएल खेल्ने

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

आयरल्यान्डका चर्चित क्रिकेटर केभिन ओब्राइनले यो सिजन काठमाडौं किङ्स इलाभेनबाटै एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । ओब्राइनले सन् २०१८ को सिजन पनि काठमाडौंबाटै इपिएल खेलेका थिए ।

काठमाडौंले यस सिजन अनुबन्ध गरेका ओब्राइन पहिलो विदेशी खेलाडी हुन् । आगामी १ चैतबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इपिएल सुरु हुनेछ । 

ओब्राइन आयरल्यान्डको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० विश्वकप खेलिसकेका खेलाडी हुन् । उनी ५० ओभरको विश्वकप क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीसमेत हुन् । उनले सन् २०११ मा विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्ध भएको खेलमा ५० बलमै शतक प्रहार गरेका थिए । उनको यो कीर्तिमान अझै कायम छ । 

‘केभिन विश्वस्तरीय खेलाडी हुन् । उनीसँग मैदानभित्र र बाहिर नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता छ,’ काठमाडौं किङ्स इलाभेनका प्रमुख कार्यकारी अधिकृत राजजंग थापाले भने, ‘पछिल्लो संस्करणदेखि नै उनी टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । केभिन फेरि काठमाडौंबाट इपिएल खेल्न निकै उत्साहित छन् । हामी पनि खुसी छौँ ।’

उनकै उत्कृष्ट प्रदर्शनको योगदानमा काठमाडौंले गत संस्करणमा इपिएलको फाइनल खेलेको थियो । सो अवसरमा काठमाडौंबाट सात खेल खेलेका उनी काठमाडौंका लागि सर्वाधिक ९९० विकेट लिने खेलाडी थिए । साथै, उनी प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडीमध्येका पनि थिए । बल र ब्याटबाट उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन सक्ने अलराउन्डर ओब्राइनलाई अनुबन्ध गर्दा टोलीले खुसी व्यक्त गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि