तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युथ क्लबले जितेको छ ।
उसले आइतबार भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलले पराजित गरेको हो । जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियरले गरेको एक मात्र गोल नै जावलाखेलका लागि उपाधि जित्न पर्याप्त भयो ।
पहिलो हाफ गोलरहित भएको खेलामा ड्याडी जुनियरले खेलको दोस्रो हाफको पाँचौ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन्। शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंलाई पराजित गर्दै जावालाखेलले फाइनलमा हिमालयनसँगको भेट पक्का गरेको थियो।
सिजनको पहिलो जितसँगै जावलाखेलले ६ लाख नगदसहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको हिमालयनले लाखसहित शिल्ड र मेडल प्राप्त गरेको छ।