जेठ ०४, २०८१, शुक्रबार
               

पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

पूर्वविजेता नेपाल पुलिस क्लब धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ।

आइतबार धरानस्थित रंगशालामा सम्पन्न खेलमा पुलिसले झापाको मेचीनगर नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई १–३ गोलले स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतिस्पर्धात्मक खेलको १० औं मिनेटमा मेचीनगरले गोल गर्दै अग्रता कायम गरेको थियो।

सुरुआतबाट आक्रमक रुपमा प्रस्तुत भएको मेचीका लागि संजय धिमालले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर खेलको ४१ औं मिनेटमा सुमन सुवेदीले हेडमार्फत पुलिसका लागि बराबरी गोल फर्काएका थिए। 

सो गोलको दुइमिनेटपछि पुलिसका कप्तान जुमानु राईले फ्रि किकबाट गोल गरेका थिए। जुमानुले करिब ३५ यार्डको दूरीबाट गरेको सो प्रहार मेचीका गोलकिपर मनोज प्रधानले जोगाएका थिए । 

पहिलो हाफमा दुइ एक गोलले पछि परेको मेचीको टोली दोस्रो हाफमा समेत मैदानमा निरीह देखियो। एकपक्षीय खेलको क्रममा ७७ औं मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो। पुलिसका कप्तान राईले टोलीको लागि दोस्रो गोल गर्दै जित सुनिश्चित बनाएका थिए।

यससँगै दुई गोल गरेका जुमानु राई प्लेयर अफ म्याच घोषित भए। उनले १५ हजार रुपैया प्राप्त गरे भने, खेलको उत्कृष्ठ गोल पुलिस क्लबका सुमन सुवेदी भए। उनले ५ हजार रुपैया हात पारे।

प्रतियोगिता अन्र्तगत सोमबार मुख्यमन्त्री कप प्रदेश एकको विजेता टोली बेलबारी फुटबल क्लबले मनांग मस्र्यादी क्लबको सामना गर्ने छन् । 

यो पनि