मंसिर ०७, २०८१, शुक्रबार
               

१०००औं खेलमा रोनाल्डोको कीर्तिमानी गोल

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

क्रिस्टियानो रोनाल्डोले फुटबल करियरको १ हजाराैँ खेलसँगै इटालियन सिरी एमा लगातार ११ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । सिरी एमा एसपिएसविरुद्ध युभेन्ट्सले २–१ को जित हात पार्दा रोनाल्डोले १ गोल गरे । यो उनको करियरको १ हजाराैँ खेलसमेत थियो । रोनाल्डोले हालसम्म क्लबबाट ८ सय ३६ र मुलुकका लागि १ सय ६४ खेल खेलिसकेका छन् ।

उक्त खेलमा रोनाल्डोले ३९ औं मिनेटमा जुवान क्वाड्रोडाको पासमा गोल गर्दै गोलको कीर्तिमान बराबरी गरे । ६० औं मिनेटमा आरोन राम्सेले युभेन्ट्सका लागि दोस्रो गोल थपे । यस खेलसँगै ३५ वर्षीय रोनाल्डो सिरी एको ११ खेलमा लगातार गोल गर्ने गाब्रिएल बाटिस्टुटा र फाबियो क्वाग्रीएरेलाको कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले यस सिजन क्लब र देशका लागि गरेर ३६ खेलमा ३६ गोल गरिसकेका छन् ।

एसपीएलका लागि आन्द्रे पेटेग्नाले ६९औं मिनेटमा  १ गोल पेनाल्टीमा फर्काए । युभेन्ट्सले  जितपछि अंक तालिकामा दोस्रो स्थानको इन्टर मिलानमाथि ४ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले २५ खेलबाट ६० अंक जोड्दा एक खेल कम खेलेको इन्टरको ५६ अंक छ ।

इन्टर मिलान र साम्पडोरियाबीचको खेल गएराति नै तय भए पनि कोरोना भाइरसको डरका कारण यससहित तीन खेल स्थगित गरिएको छ ।
इटालीका प्रधानमन्त्री गिसिपे कोन्टेले शनिबार पत्मारकार सम्मेलनमार्फत खेल रोकिएको जानकारी दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि