बैशाख १५, २०८१, शनिबार
               

मेस्सीको चार गोल, शीर्ष स्थानमा बार्सिलोना

एजेन्सी
फागुन ११, २०७६

ADVERTISEMENT

एजेन्सी । साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा इबरलाई ५–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले चार गोल गरे । यस्तै अर्थरले एक गोल गरे ।

मेस्सीले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । खेलको १४ औं, ३७ औं र ४० औं मिनेटमा मेस्सलीले बललाई जाली चुमाएका थिए । मेस्सीको यो करियरको ४८ औं ह्याट्रिक हो ।

दोस्रो हाफको ८७ औं मिनेटमा मेस्सीले व्यक्तिगत चौथो गोल गरे ।

त्यसपछि खेलको ८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ। रियल मड्रिडलाई दुई अंकले पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

इबर २४ अंकसहित लिगको १६ औं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि