सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब सताक्षी गोल्डकपको फाइनलमा पुगेको छ । चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले हराउँदै मछिन्द्र फाइनल पुगको हो ।
उपाधिका लागि मच्छिन्द्रले रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ। आयोजकलाई हराउँदै थ्रीस्टार हिजै फाइनल प्रवेश गरेको हो ।
झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको खेलमा मछिन्द्रले खेलको सुरुदेखि नै आर्मीलाई दबाबमा राखेको थियो । खेलको २१ औँ मिनेटमा विपक्षी गोल किप्पर बिट भएको मौकामा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको मछिन्द्रले खेलको ७४ औं मिनेटमा अर्को गोल थपेको थियो । ७४ औं मिनेटमा मच्छिन्द्रका विशाल राई ‘बि’ को प्रहार आर्मीका गोलरक्षकबाट फुस्किएपछि विकास खवासले बचाउन खोज्दा आर्मीले आत्मघाती गोल खाएको थियो ।
शताक्षीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ।