मंसिर ०७, २०८१, शुक्रबार
               

सकियाे ए डिभिजन लिग, कसले के पुरस्कार पाए ?

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

सहिद स्मारक ए डिभिजन लिग २०७६ सकिएकाे छ । आज भएकाे उपाधि भिडन्तमा आर्मी र मछिन्द्र क्लबले खेल टुंग्याएका थिए । नेपाल आर्मीलाई १-० हराउँदै लिगकाे उपाधि पहिलाेपटक मछिन्द्रले जितेकाे छ । उपाधिसँगै मछिन्द्रले नगद ५० लाख रुपैयाँ प्राप्त गरेको छ।

कसले कति पाए ?

पहिलो : मछिन्द्र क्लब-५० लाख रुपैयाँ
दोस्रो : त्रिभुवन आर्मी क्लब ३५ लाख रुपैयाँ
तेस्रो : मनाङ मर्स्याङ्दी क्लब-२५ लाख रुपैयाँ
चौथो : थ्री स्टार क्लब- १५ लाख
पाँचौ : नेपाल पुलिस क्लब-७ लाख
छैटौं : जावलाखेल युथ क्लब- ५ लाख
यस्तै व्यक्तिगतर्फ उत्कृष्ट ५ जनाले १ लाख ५० हजार रुपैयाँ पाए ।
उत्कृष्ट गोलकिपर- दिप कार्की (मनाङ मर्स्याङ्दी क्लब)
उत्कृष्ट डिफेण्डर- अनन्त तामाङ (थ्री स्टार क्लब)
उत्कृष्ट मिडफिल्डर- विशाल राई ‘बी’ (मछिन्द्र क्लब)
उत्कृष्ट फरवार्ड-भरत खवास (त्रिभुवन आर्मी क्लब)
उत्कृष्ट प्रशिक्षक- प्रवेश कटवाल (मछिन्द्र क्लब)

युवा ईमर्जिङ खेलाडी (१ लाख रुपैयाँ )
दर्शन गुरुङ एनआरटी

फेयर प्ले टिम
थ्री स्टार क्लब  (१ लाख ५० हजार रुपैयाँ)


कस्तो लाग्यो ?

यो पनि