मंसिर ०७, २०८१, शुक्रबार
               

मच्छिन्द्रलाई पहिलोपटक ए डिभिजन उपाधि, निर्णायक खेलमा आर्मी पराजित

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

४३ ‍औं स‌ंस्करणको सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । दशरथ र‌ंगशालामा आर्मीविरुद्धको अन्तिम खेलमा मच्छिन्द्र १-० ले विजयी भएकाे हाे ।  

जितसँगै मच्छिन्द्रले लिगमा ३१ अंक जोड्‍यो । २८ अंकमा सीमित त्रिभुवन आर्मी दाेस्रो स्थानमै रह्याे । उपाधि जित्न आर्मीले याे खेल बराबरी गरे पुग्‍ने थियो । मच्छिन्द्रलाई भने जित अत्यावश्यक थियो ।

सुरुदेखि नै आक्रामक देखिएको मच्छिन्द्रले ३३ औं मिनेटमा अग्रता लियो । आर्मीका विकास तामाङले आत्मघाती गोल गरेपछि मच्छिन्द्र खेलमा अघि बढेको थियो । 

मछिन्द्रका रन्जित धिमालले प्रहार गरेको फ्रिकिकलाई हेडमार्फत क्लियर गर्न खाेज्दा विकासले आफ्नै पोस्टमा गोल गरेका थिए । मच्छिन्द्रले पहिलाे पटक लिग उपाधि जितेको हाे। 

मच्छिन्द्रले लिगमा क-कसलाई जित्यो ?

समग्रमा ३२ अंक बटुल्ने क्रममा मच्छिन्द्रले १० जित,२ बराबरी र १ हार सामना गर्‍यो । तर, गत वर्ष रेलिगेसनमा परेकाले मच्छिन्द्रको १ अंक घटुवा गरिएको थियो । त्यसैले मच्छिन्द्र ३१ अंकसहित लिग च्याम्पियन बन्यो । 

मछिन्द्र २–० ब्रिगेड ब्वाइज
मछिन्द्र १–१ च्यासल
मछिन्द्र ३–० फ्रेन्ड्स
मछिन्द्र १–० एनआरटी
मछिन्द्र २–२ मनाङ
मछिन्द्र १–० जावलाखेल
मछिन्द्र ०–२ हिमालयन शेर्पा
मछिन्द्र १–० नेपाल पुलिस
मछिन्द्र २–० थ्रीस्टार
मछिन्द्र २–१ एपीएफ
मछिन्द्र ६–१ सरस्वती
मछिन्द्र ३–१ संकटा
मछिन्द्र १– ० त्रिभुवन आर्मी


कस्तो लाग्यो ?

यो पनि