मंसिर ०६, २०८१, बिहीबार
               

सिटीलाई दुई सिजन खेल्न प्रतिबन्ध, यस्तो छ आरोप

एजेन्सी
फागुन ०३, २०७६

ADVERTISEMENT

एजेन्सी । फुटबल क्लब म्यान्चेष्टर सिटीलाई युरोपियन क्लब प्रतियोगितामा आगामी दुई सिजन खेल्न प्रतिबन्ध लागेको छ ।

युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

युइएफएको क्लब लाईसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।

यस्तै प्रिमियर लिगको साविक विजेतालाई ३० मिलियन युरो समेत जरिवाना गरिएको छ । निर्णयबिरुद्द सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ ।

सिटीले उक्र निर्णयले आफू निराश भए पनि कुनै आश्चर्य भने नभएको प्रतिक्रिया दिएको छ ।

सिटीले प्रायोजन बापतको झुटो रकम देखाएको युइएफएले जनाएको छ । युईएफएले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, 'प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युइएफएमा बुझाएको देखिएको छ ।' 

अनुसन्धानमा सिटीले सहयोग नगरेको आरोप समेत युइएफएले लगाएको छ । 

सिटीले गत सिजनमात्र च्याम्पियन्स लिगबाट ८६ मिलियन पाउण्ड आम्दानी गरेको थियो । 

दुई बर्ष च्याम्पियन्स लिगमा सहभागी हुन नपाउने भएपछि सिटीले कम्तीमा १ सय ७० मिलियन पाउण्ड रकम गुमाउनेछ ।


कस्तो लाग्यो ?

यो पनि