मंसिर ०६, २०८१, बिहीबार
               

आर्मी शीर्ष स्थानमा, भरतको ५० गोल

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

विभागीय टोली त्रिभुवन आर्मी क्लब, ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मगलबार सम्पन्न खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोलले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । सो गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’ भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पनि पूरा गरे ।

त्यसै गरी खेलको ५४ औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए ।

मगलबारको जीतसँगै आर्मीले शीर्ष स्थानमा एक अङ्कको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अङ्क रहेको छ । आठ अङ्क रहेको ब्रिगेड १२औँ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि